भदौ १४ काठमाडौं । कोरोना महामारीको कारण बन्द देशभरका शैक्षिक क्षेत्र हाल खुल्ने क्रम जारी त्यस्तै राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका सबै विद्यालयहरु भोलिदेखि खुल्ने भएका छन् ।
नगरपालिकाले मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्ने निर्णय गरेको हो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गोकर्णेश्वर नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति जारीपछि मंगलबारदेखि विद्यालय खुल्ने भएको हो ।
सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गर्दै विद्यालय संचालन गर्न अपिल गरिएको छ ।विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप–सचिव विजयप्रसाद आचार्यले एक विज्ञप्ति जारी गरेका छन् ।
उनले सोही अनुसार विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध गरेका छन् ।
ध्चष्तभ तय क्गवब ित्जबउब
ब्ब
.jpg)


