भदौ १४ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को नेतृत्व छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।
सहमतिसहित नेतृत्व चयनको प्रयास असफल भएपछि वाईसीएलले सहमतिमा अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो ।
शनिबारदेखि जारी सम्मेलनमा सहमतिसहित नेतृत्व चयनको प्रयास असफल भएपछि सोहिबारे निर्णय लिन माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो ।
बैठकले वाइसिएलबारे आवश्यक निर्णय गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको माओवादीका एक नेताले जानकारी दिए ।वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पालीको दाबी रहेको छ ।
.jpg)


