शनिबार, भाद्र २७ गते २०८३
images

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

एक्सप्रेस पाना
आषाढ २६, २०७८ शनिबार
  • 256
    SHARES
  • कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ, २६ असार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल को आज निरीक्षण गर्नुभएको छ । 

    images

     सो अवसरमा उहाँले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिनुभयो । 
     उहाँले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिनुभयो । “अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो, “अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण  क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।”

     मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

    images

     सचिव अर्यालले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताउनुभयो । कार्यकारी निर्देशक डा।गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताउनुभयो ।

     प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आइतबार अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । रासस