आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 211
    SHARES
  • प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन

    काठमाडौं, १४ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा थुप्रिएको फोहोर उठाउन निर्देशन दिएका छन् ।

    images

    उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई जतिसक्दो चाँडो उपत्यकाको फोहोर उठाउन निर्देशन दिएका हुन् । उनले अरू निकायसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न निर्देशन दिए । 

    प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई काठमाडौंको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर पत्रसमेत दिएका छन्।न्युज कारखाना

    images