आइतबार, कार्तिक १६ गते २०८३
images
images

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 183
    SHARES
  • घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

    भदौ १५ लमजुङ । सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीले एक हवल्दारले बताएका छन् ।

    images

    उनका अनुसार “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।”

    ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढा टाढा छन् । प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भई नसकेको प्रहरी हवल्दारले बताए ।

    images