आइतबार, कार्तिक १६ गते २०८३
images
images

महाकवि देवकोटाको शालिक तोडफोड

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 274
    SHARES
  • महाकवि देवकोटाको शालिक तोडफोड

    भदौ १५ झापा । झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक सोमबार मध्यरातमा तोडफोड भएको छ । चारआली(केचना सडक खण्डअन्तर्गत भद्रपुर(९ मा रहेको देवकोटाको अर्धकदको शालिक तोडफोड भएको हो ।

    images

    सोमबार मध्यरातमा कसले तोडफोड गर्‍यो भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘मध्यरातमा तोडफोड भएको जस्तो देखिन्छ । शालिक कसले र किन तोडफोड गर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘समितिका पदाधिकारीलाई सोधपुछका लागि बोलाएका छौं ।’

    भद्रपुर(९ स्थित देवकोटा चोकमा शालिक सडकबीचमै छ । देवकोटाको अर्धकदको शालिक भत्काएर दुई टुक्रा बनाइएको अवस्थामा रहेको देवकोटा स्मारक तथा संरक्षक समितिका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

    images

    यसअघि पनि यो शालिक तीनपटकसम्म तोडफोड भएको उनले बताए । ‘शालिकलाई यसअघि पनि तीनपटकसम्म तोडफोड गर्ने प्रयास गरिएको थियो,’ उनले भने, ‘यसपटक मध्यरातमा फटाहाले तोडफोड गरे । शालिकको क्षतविक्षत बनाइएको छ । अर्धकदको शालिकको टाउको एकातिर र अन्य भाग अर्कोतिर बनाएर दुई टुक्रा पारिएको छ । शालिक भएको क्षेत्रमा बस्ती खासै छैन । छिमेकीले पनि भत्काएको थाहा पाएन छन् ।’ 

    यो शालिक जनस्तरबाट निर्माण गरिएको उनले बताए । सडकबीचमा भएका कारण दुई वर्षअघि नै सार्ने निणर्य भएको थियो । शालिकमा कार ठोकिएर गत असारमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्युसमेत भएको थियो । उनको मृत्युपछि सरकारी निकायले पनि शालिकले दुर्घटना जोखिम बढाएको भन्दै अन्यन्त्र सार्न छलफल अघि बढाएको थियो ।

    ‘सडकबीचमा दुर्घटना जोखिम बढाएकाले हामीले दुई वर्षअघि नै सार्ने निणर्य गरेका थियौँ ।  अहिले भएको ठाउँ अलिक पर सार्ने योजना थियो । तर, हामीसँग पैसा अभाव भयो । साहित्यिक संस्थासँग कहाँ पैसा हुने र १,’ अध्यक्ष पोखरेलले भने,‘यो देवकोटा नचिनेका सर्वसाधरणले पैसा उठाएर बनाएको शालिक हो । सार्नका लागि हामीसँग पैसा भएन । दुर्घटनामा शालिकलाई दोष लगाइयो । तर, त्यहाँ सडक नै राम्रो छैन । साँघुरो सडक छ । यसलाई व्यवस्थित गरे दुर्घटना जोखिम कम हुन्छ ।’ साभार - न्युज कारखाना