आइतबार, कार्तिक १६ गते २०८३
images
images

लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 253
    SHARES
  • लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

    भदौ १५ लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका.९ का  २२ वर्षीय सुधिन आले रहेका छन् । उनीमाथि सुरज थापाले खुकुरी प्रहार गरेका थिए ।

    images

    मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको जनाएको छ । खुकुरी प्रहारपछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको बाटैमा मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो । आलेलाई खुकुरी प्रहार गर्ने सुरज फरार छन् । फरार थापा ट्याक्टर चालक भएको प्रहरीले जनाएको छ ।