आइतबार, कार्तिक १६ गते २०८३
images
images

अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 279
    SHARES
  • अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

    भदौ १५ दमैली । लगातार आएको अविरल बर्षसँगै  पहिराले अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    images

    सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिएका छन् । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।