आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरोले अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 213
    SHARES
  • पहिरोले अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा

    भदौ १५ सिन्धुपाल्चोक । लगातारको आएको अविरल वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ ।

    images

    मध्यान्ह १२ः३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।यसअघि मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो आइ सडक लगातार अवरुद्ध भएको थियो ।

    अब मेलम्ची बजारसम्म बस सञ्चालन गर्न सकिने र तालामाराङसम्म बाटो सफा गर्न थालिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

    images