आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक महिलाले गरिन् आफ्नो शरीरमा आगो लगाएर आत्महत्या

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 422
    SHARES
  • एक महिलाले गरिन् आफ्नो शरीरमा आगो लगाएर आत्महत्या

    भदौ १५ ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।

    images

    घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोतल तथा सानो झोला समेत फेला परेको प्रहरीले जनाएको छ ।

    घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकका दुई छोरी रहेका छन् ।

    images