आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालिका जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 295
    SHARES
  • बालिका जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ

    उदयपुर, १५ भदौ । जिल्लामा बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    images

    दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका– २ लेखगाउँका ३२ वर्षीय राकेश राई र त्रियुगा नगरपालिका– १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    राईलाई ताप्ली गाउँपालिका– २ लेखगाउँकै १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो ।

    images

    त्यसैगरी चौधरीले पनि १४ वर्षकै अर्की बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

    दुबै अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना