आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 255
    SHARES
  • बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

    काठमाडौं, १५ भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो । 

    images

    मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो ।

    मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ ।

    images

    मन्त्रालयले जन्मिन वित्तिकै विसिजी खोप, ६ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादूरा–रूवेला, १२ महिनामा जापानीज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूवेला खोप लगाउन भनेको छ ।

    मन्त्रालयले कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)का बीचमा पनि नियमित खोप सञ्चालन भएको जनाएको छ । न्युज कारखाना