आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरामा पुरिएर तीन घाइते, एकको मृत्यु

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 322
    SHARES
  • पहिरामा पुरिएर तीन घाइते, एकको मृत्यु

    अर्घाखाँची, १६ भदौ। पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।     
         
    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।     
         

    images