आइतबार, कार्तिक १६ गते २०८३
images
images

अध्यक्ष तिमिल्सिनाले गरे राउटे बस्तीको अवलोकन

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 203
    SHARES
  • अध्यक्ष तिमिल्सिनाले गरे राउटे बस्तीको अवलोकन

    भदौ १६ सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् ।कार्यक्रमको सिलसिलामा सुर्खेत पुगेका तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मङ्गलवार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् ।

    images

    घुमन्ते राउटे बस्तीमा पुगेर तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।’सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन,’ राउटे समुदायका मुखियासहितको टोलीसँग उनले भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

    राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने समेत बताए ।त्यस्थै कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने समेत बताए ।

    images