भदौ १६ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’ शुभारम्भ गरेका छन् ।
देउवाले आज काठमाडौं महानगरपालिका–१३ विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी उक्त अभियानको सुरुवात गरेका हुन् । उक्त क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिए ।
त्यस्तै उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।
.jpg)


