बुधबार, भाद्र २४ गते २०८३
images

एपिएफ समूह विजेता

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 618
    SHARES
  • एपिएफ समूह विजेता

    असोज ३१ काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलमा समूह बी को विजेता बन्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपिएफले वागमतीलाई ३-१ गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    उक्त जितसँगै ६ अंकका साथ एपीएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जित हात पारेको हो ।

    images

    प्रतिष्ठाको खेलमा पुलिस विजयी
    यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४-१ गोल अन्तरले हराएको छ । समूह ‘सी’ अन्तर्गत भएको प्रतिष्ठाको खेलमा पुलिसले सानदार जित निकालेको हो। समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो। पुलिसको जितमा कुलदिपले दुई तथा आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १/१ गोल गरे । लम्बिनीका लागि फागु राम थारुले एक गोल गरे । 
    एनआरएन र गण्डकीबीच रद्द भएको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ । 

    उता आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ । 

    एनआरएनले नियम विपरित ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं. १ ले प्रोटेस्ट दिएपछि २-० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो । ८ जना खेलाडीलाई कारवाहि गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारवाहि गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो। निर्णयसँगै गण्डकी ६ अंकका साथ शीषस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद