काठमाडौं । जारी एसीसी प्रिमियर कपमा साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
आइतबार मलेसियामा भएको खेलमा नेपाल साउदी अरेबियासंग ५ विकेटले विजयी भएको हो । १९१ रनको लक्ष्य पछाएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागी इशान पाण्डेले ४० रन बनाउँदा गुल्सन झाले ४४ रन बनाए भने देव खनाल ३१ र रोहित पौडेलले २४ रन जोडे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो ।
साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाए ।


