आइतबार, कार्तिक १६ गते २०८३
images
images

महानगरले आशिंक रुपमा फोहोर उठाउन थाल्यो

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 308
    SHARES
  • महानगरले आशिंक रुपमा फोहोर उठाउन थाल्यो

    भदौ १६ काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहोर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहोर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।

    images

    गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो, भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।

    जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।

    images