बुधबार, भाद्र २४ गते २०८३
images

७७ जिल्लामै पुग्यो राष्ट्रिय वाणिज्य बैंक

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 306
    SHARES
  • ७७ जिल्लामै पुग्यो राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्लाका सदरमुकाममा पुगेको छ । सोमबार सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

    images

    वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहँुच पु¥याई रहेको छ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

    २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८/७९ मा बैैंंकको शेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब पुगेको छ ।

    images

    बैंकको सफलताको लागि उल्लेखनीय योगदान पु¥याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

    बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक