आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिन्धुपाल्चोकका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा खुल्दै

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 300
    SHARES
  • सिन्धुपाल्चोकका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा खुल्दै

    सिन्धुपाल्चोक, १६ भदौ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी रोज्दै आज सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत गरेकी हुन् ।

    images

    चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बेलवहादुर महतले पनि एमाले परित्याग गरेर नेकपा एकिृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

    यस अघि वागमती प्रदेश सांसद इन्द्रमाया गुरुङले मंगलबार हेटौडास्थित प्रदेश निर्वाचन कार्यालय पुगेर समाजवादी पार्टीमा सनाखत गरेकी थिइन् ।
    नेता सोम सापकोटा पनि पहिल्यै समाजवादी पार्टीमा खुलिसकेका छन् । नेकपा एकीकृत समाजवादीमा राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, एमाले राष्ट्रिय परिषद सदस्य नवराज पौडेल पनि खुलिसकेका छन् ।

    images

    तत्कालिन एमाले हुँदा माधव नेपालको गढ मानिएको सिन्धुपाल्चोक जिल्लामा पार्टी बिभाजनपछि नेताहरु नेकपा एकीकृत समाजवादीमा खुल्न सुरु गरेका हुन् ।

    भदौ २२ सम्म पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरू एमालेबाट छुट्टिएर गठन भएको नयाँ पार्टीमा खुल्न थालेका हुन् ।न्युज कारखाना