आइतबार, कार्तिक १६ गते २०८३
images
images

चर्चित मोडल निशा घिमिरेको निधन

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 244
    SHARES
  • चर्चित मोडल निशा घिमिरेको निधन

    भदौ १६ काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ ।

    images

    उनको उपचारका क्रममा आज साँझ नर्भिक अस्पतालमा मृत्यु भएको हो । आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको हो । 

    लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

    images

    खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । 

    नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको जनाएको छ ।