एजेन्सी । न्युजिल्याण्डसँगको पहिलो टी२० खेलमा बंगलादेश ७ विकेटले विजयी भएको छ । न्युजिल्याण्डले दिएको ६१ रनको सामान्य लक्ष्य पाएको बंगलादेश १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेश शाकिब अल हसनले २५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १६ ओभर पाँच बलमा अलआउट हुँदै ६० रनमा सीमित भयो । न्युजिल्यान्डका टम लाथम र हेनरी निकोलसले समान १८र१८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बंगलादेश मुस्ताफिजुर रहमानले तीन विकेट लिँदा नसुम अहमद, शाकिब अल हसन र मोहम्मद सइफुद्दिनले २र२ विकेट लिए ।
उक्त जितसँगै बंगलादेश ५ खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ । पाँच खेलको टी२० शृङ्खला खेल्न न्युजिल्यान्ड बंगलादेश भ्रमणमा छ ।
.jpg)


