एजेन्सी । स्पेनीस फुटबल क्लब बार्सिलोनामा पूर्व कप्तान लियोनल मेस्सीको १० नम्बर जर्सी युवा फरवार्ड अंसु फातीले लगाउने भएका छन् ।
करिब २१ बर्ष लामो बार्सिलोनाको बसाइ टुङ्याउँदै गत अगस्टमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० गए अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सीको १० नम्बर जर्सी कसले लगाउछ भनेर चासोका साथ हेरिएको थियो ।
मेसीको सम्मानका लागि १० नम्बरको जर्सी ‘रिटायर्ड’ गर्न बार्सिलोनालाई थुप्रै सुझाव आएको थियो । तर, बार्सिलोनाले बुधबार फातीलाई १० नम्बर जर्सी दिइएको जनाएको छ ।

.jpg)


