आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोरोना खोप ल्याउँदै गर्दा बाटोमै लडेर स्वास्थ्यकर्मीको मृत्यु 

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 231
    SHARES
  • कोरोना खोप ल्याउँदै गर्दा बाटोमै लडेर स्वास्थ्यकर्मीको मृत्यु 

    भदौ १७ जाजरकोट । भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ ।

    images

    कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिए ।

    बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह ४ बजे उनको लडेर मृत्यु भएको पत्ता लागेको ओलीले जानकारी दिए ।

    images