आइतबार, कार्तिक १६ गते २०८३
images
images

तनहुँमा चार महिनापछि विद्यालय खुले, भौतिक उपस्थितिमै पठनपाठन

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 257
    SHARES
  • तनहुँमा चार महिनापछि विद्यालय खुले, भौतिक उपस्थितिमै पठनपाठन

    तनहुँ, १७ भदौ । गत वैशाबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन् । सहरका विद्यालयमा अनलाइन कक्षा चले पनि गाउँका विद्यार्थी पढाइबाट वञ्चित बनेकामा चार महिनापछि बल्ल विद्यालयमा पढाइ सुरु भएको हो  ।

    images

    तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन् । यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसोमा मंगलबारदेखि  कक्षा सञ्चालन भएका हुन् ।

    स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए । ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ । मास्क अनिवार्य गरिएको छ । सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छौँ, उनले भने ।  

    images

    एउटा बेन्चमा दुई विद्यार्थी राख्ने गरिएको छ । कक्षामा २५ भन्दा बढी विद्यार्थी राखिएको छैन । १-५ का विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र  ६-१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको उनले बताए। 

    शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईँले बताए । विद्यालय नखुलेका स्थानीय तहमा पनि अनुमति मागिएको छ ।  

    स्थानीय तहाके निर्णय अनुसार विद्यालयमा पठनपाठन सुरु भए पनि  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन ।न्युज कारखाना