आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरोले घर पुरिँएर पोखरामा तीनको मृत्यु, एक बेपत्ता

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 240
    SHARES
  • पहिरोले घर पुरिँएर पोखरामा तीनको मृत्यु, एक बेपत्ता

    भदौ १७ काठमाडौं । पोखरामा दुई घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिँदा ३ वर्षीय एक बालक बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।  

    images

    कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक केसीले श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरूका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएको छन् ।

    images

    यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भलाममा पहिराले ८–१० वटा घर पुरेको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजी भइरहेको पनि जानकारी दिएको छ ।