आइतबार, कार्तिक १६ गते २०८३
images
images

यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 250
    SHARES
  • यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय

    भदौ १७ संखुवासभा , जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ ।  संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय तिलक भन्ने आकाश राईलाई नगद क्षतिपूर्तिसहित एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । 

    images

    अदालतले आरोपित राईविरुद्ध एक वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्तिसहित १६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए ।

    पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले २० फागुनमा पक्राउ गररेको थियो ।  राईले १९ फागुनमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले २० फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । 

    images