भदौ १७ काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर नेपालको ७७ जिल्लामा साईकलको माध्यमबाट भम्रण गर्न लागेका कालिन्चोक गाउँपालिका ३ दोलखा का अभिनय कार्कीलाई नाईन्टिङ गेल एकेडेमी सेकेन्डरी विद्यालयका प्रबन्ध निर्देशक तथा युवा व्यावसायि रत्नकुश रंजितकारले सहयोग स्वरुप रु १० हजार उपलब्ध गराएका छन् ।

उनले आफ्ना एकेडेमीका तर्फबाट कार्कीलाई सहयोग गरेका हुन् । साइकल यात्राको क्रममा कार्कीले पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु फ्रस्ट्रेशन, डिप्रेसन र दुव्र्यसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले चिन्तित बन्दै प्रत्येक जिल्लाका विद्यालयहरुमा विद्यार्थीहरु संग पुगेर त्यहाँ अन्तरक्रिया कार्यक्रम संचालन गर्न लागेकोले नाईटिङ्गल एकेडेमीले सहगोग गरेको हो ।

उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बनेर अगाडि बढ्न प्रेरणा तथा उर्जा जगाउने उदेश्यले तयारी गरिरहेको कार्कीले बताए ।
को हुन् रत्नकुश रंजितकार ?
काभ्रेमा रहेर सामाजिक कार्यहरु गरेर लोकप्रियता कमाएका तथा सफल युवा व्यावसायिकका रुपमा राम्रो छवि बनाएका पात्र हुन् रत्नकुशल रंजितकार । निकै दुख कष्ट र कडा मेहनतका समथ अघि बढेका रंजित्कार २०४५ सालमा अनेरास्ववियुबाट सदस्यता प्राप्त गरेर नेपाली राजनिति जीवनमा होमीएका उनी काभ्रेका सफल युवा व्यावसायि, समाजसेवी तथा युवा नेताका रुपमा परिचित रहेका छन् ।

विगतमा बनेपा युथ फोर्स नगरको संयोजक तथा युवा संघ नेपालको दुई पटकसम्म अध्यक्ष समालेका रंजितकार पछिल्लो समय युवा व्यावसायिक रुपमा परिचित रहेका छन् । कोरोना कहरकाबीचमा पनि घर घरमा पुगि राहत बितरण गरेको उनले अहिले पनि आफुलाई बिभिन्न सामाजिक संघ, संस्थामा आबद्ध रहेर क्रियाशील बनाई रहेका छन् ।

अभिनयको पैदल देखि साइकल यात्रा
हरेक मान्छेले आ-आफ्नै सोच र उदेश्य बोकेर कुनै गन्तव्यमा हिडेका हुन्छन् । कतिपय मानिस आफ्नो उदेश्य सफल पार्नको लागि आफ्नो ज्यानै बाजि अर्थात् लक्ष्य प्राप्तका लागि आफ्नो जीवनै जोखिममा राखेर हिड्ने गरेको देखिन्छ । भनिन्छ नि मेहनतको फल मीठो हुन्छ । तर त्यो मीठो फल खानलाई त्यति सहज भने पक्कै हुँदैन। एक छुट्टै अनि भिन्नै सपनाको जालो बोकेर हिडेका एक युवक हुन् अभिनय कार्की ।
विगतमा उनले एक यात्राको सुरु गरेर त्यसमा सफलता समेत हातापारी सकेका छन् । तर उनले त्यसलाई आफुले सफलता प्राप्त गरिसकेको कुरा भने स्विकार्न भने तयार भएका छैनन् । किनकि उनी आफुले अझै प्रेरणादायी कार्यहरु गर्ने योजनामा रहेको उनी बताउँछन् । दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ मा बुबा कुमार कार्की र आमा तारा देवी कार्कीको कोख बाट कान्छो सन्तानको रुपमा जन्म लिएका अभिनय कार्कीले यतिबेला भने नेपालका ७७ वटै जिल्लाहरु सय दिनमा साइकलको माध्यमबाट भ्रमण गर्ने तयारीमा जुटेका छन् ।
विगतका दिनमा नेपालको पुर्वमेची देखि पश्चिम महाकाली सम्म विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर विभिन्न बाधा, अरोह,अवरोह र चुनौतीहरुको पहाडलाई छिचोल्दै लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरेका कार्कीले मेचीमहाकाली पैदल यात्रा पूरा गरेर फर्किए लगत्तै दोलखा पुगेका उनलाई आफ्नो वडाले समेत सम्मान गरेको थियो ।
भने सोही सम्मान कार्यक्रममा बोल्दै उनले असारको ६ गते बाट आफ्नो दोस्रो चरणको यात्रा अन्तर्गत अब भने साइकलको माध्यम बाट ७७ जिल्लाहरु पुग्ने लक्ष्य रहेको जानकारी गराएका थिए । तर कोरोना महामारीको कारण उनको यात्रा स्थगित हुन पुगेको थियो। अब भने उनले आगामी असोजको ३ गते संविधान दिवसको अवसर पारेर आफ्नै गृह जिल्लाको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक भगवती मन्दिरको परिसर बाट साइकल यात्राको शुभारम्भ गर्न लागेका हुन् ।
साईकल मार्फत पुग्न असम्भव भएका कतिपय दुर्गम एवम् विकटका क्षेत्रहरुमा भने पैदल गरेर समेत पुग्ने तयारी गरिरहेकाे उनले बताए । साईकलको माध्यमबाट सयदिनको अवधीमा नेपालभर भ्रमण गर्न लागेका कार्कीले “फ्रस्ट्रेशन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ” समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देश प्रवाह गर्दै साइकल यात्राको सुरुवात गर्न लागेका हुन् ।
पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु लागू औषध फ्रस्ट्रेसन, डिप्रेसन र दुव्र्यसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले आफु चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बनेर अगाडि बढ्न प्रेरणा तथा उर्जा मिलोस भनेर समेत यात्राको सुरु गर्न लागेको उनले बताए । साथै उक्त साइकल यात्रामा सहयोगी मनहरुले सकेको सहयोग गर्न पनि अपिल गरेका छन् ।
उनले अहिलेसम्म आफ्नो ५ वटा चरणहरु रहेकाे हामी सँगको कुराकानीमा बताएपनि तेस्रो, चौथो र अन्तिम चरणमा के के छन् भन्ने बारेमा खुलाएनन् । पहिलो चरणमा पैदल यात्रा पूरा गरिसकेका छन् भने दोस्रो चरणकाे साईकल यात्रा अबको केही दिनमै सुरु गर्दै छन् । अब बाकी रहेका चरणका यात्राका अनुभवहरु समेटेर पुस्तक प्रकाशन गर्ने उनको मुख्य उदेश्य रहेको छ ।

.jpg)





