आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनसरीमा वडा तहको अधिवेशन २१ भदौमा

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 198
    SHARES
  • सुनसरीमा वडा तहको अधिवेशन २१ भदौमा

    सुनसरी, १७ भदौ।नेपाली कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि सुनसरीमा भने २१ भदौमा गरिने सुनसरी सभापति राजिव कोइरालाले जानकारी दिए । 

    images

    ‘जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकोले अधिवेशन २१ भदौमा गर्ने निर्णय गरेका हौं,’ कोइरालाले भने । जिल्लाका १२४ वडाको अधिवेशन भदौ २१ गते सम्पन्न गर्नेगरी तयारी थालिएको कांग्रेसले जनाएको छ ।

    सबै वडामा सहमतिकै आधारमा अधिवेशन गर्ने तयारी भएको उनले बताए । ‘सहमति नभए मात्रै निर्वाचन गरिने छ । सकभर सबै वडामा सहमतिकै प्रयास गर्नेछौं’, कोइरालाले भने ।

    images

    वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोकेबमोजिम नै अधिवेशन हुने कोइरालाले जानकारी दिए ।न्युज कारखाना