बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमको ग्रुप एसएमएसमा अफरः प्रतिसन्देश ५० पैसामात्र

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 333
    SHARES
  • नेपाल टेलिकमको ग्रुप एसएमएसमा अफरः प्रतिसन्देश ५० पैसामात्र

    नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ। यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ। 

    images

    यसअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रतिसन्देश शुल्क जम्मा ५० पैसामात्र लाग्दछ। यस अफरमा आवश्यकताबमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकैपटक वा पटक–पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। जम्मा २ हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत रु. १ हजारमा दुई दिनभित्रमा २ हजार सन्देश पठाउन सकिन्छ।

    यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा रु. २ हजार ५०० मा ५ दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ। यसका साथै १० हजारवटा सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा रु. ५ हजार (करबाहेक) मा १० दिनभित्रमा जम्मा १० हजारवटा सन्देश पठाउन सकिन्छ। 

    images

    यस अफरमा कम्पनीको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सीमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ। 

    यो सेवा प्रयोग गर्नका लागि https://groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # NTC