आइतबार, कार्तिक १६ गते २०८३
images
images

ताप्लेजुङमा ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 513
    SHARES
  • ताप्लेजुङमा ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

    ताप्लेजुङ, १८ भदौ। ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ । 

    images

    हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका(१ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कैलाश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।न्युज कारखाना

    images