आइतबार, कार्तिक १६ गते २०८३
images
images

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 258
    SHARES
  • पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

    काठमाडौं, १८ भदौ । पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा  नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।

    images

    प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेको जानकारी दिए । १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए । 

    यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

    images

    यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।न्युज कारखाना