आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरोले हेलम्बु मार्ग फेरि अवरुद्ध

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 223
    SHARES
  • पहिरोले हेलम्बु मार्ग फेरि अवरुद्ध

    भदौ १८ सिन्धुपाल्चोक । लगातार आएको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ । पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको हो ।

    images

    इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन  । यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ ।  सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो । त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ । 

     

    images