आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 273
    SHARES
  • मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

    भदौ १८ ओखालढुंगा । मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा३६प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घाइते भएकी थिइन ।

    images

    बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिएका छन् ।

    घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।

    images