शनिबार, भाद्र २७ गते २०८३
images

२४ घण्टामा १८३१ जनामा कोरोना संक्रमण १५३३ जना संक्रमणमुक्त

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 347
    SHARES
  • २४ घण्टामा १८३१ जनामा कोरोना  संक्रमण १५३३ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् । 

    images

    पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
     देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्। 

    पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ। 

    images