आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 283
    SHARES
  • बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती

    भदौ १८ बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ । बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढी पहिरोको जोखिममा परेको हो ।

    images

    अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ । २ वर्षयता बस्ती नै जोखिममा परेको छ । बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए ।

    उनकाअनुसार नियमित रुपमा परिरहेको वर्षाका कारण स्थानीयको खेतीयोग्य जमिन बुढीगंगा नदीले कटान गर्दै बस्तीको आँगनीसम्म पुगेको छ । स्थानीयको ३० रोपनीभन्दा बढी रहेको जमिन नदीले अहिले कटान गरेको छ । बाटो नदीले कटान गरेपछि आवतजावत गर्नसमेत समस्या भएको छ ।

    images

    तलबाट नदीले विस्तारै कटान गरेपछि स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् । गत वर्षबाट नदीले उग्र रुप लिएर विस्थापित बनाएको स्थानीयले बताएका छन् । स्थानीय सरकारलाई गुहार गर्दा पनि कुनै वास्ता नगरेको रोकायाले गुनासो गरे ।

    बडिमालिका नगरपालिका २ का वडाध्यक्ष डम्मरबहादुर महतले भने बस्ती तत्कालै सुरक्षित स्थानमा सार्नका लागि पहल गरिरहेको बताए ।न्युज कारखाना