आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 271
    SHARES
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    भदौ १८ धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका.५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    images

    २०६१ कात्तिक १२ गते बेलुका खरीस्थित यम बहादुर बिकको घरमा बसिरहेको अवस्थामा लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा अदालतले उक्त कैद सजाय गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।