भदौ १८ सिन्धुपाल्चोक । अविरल बर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोको माथिबाट पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको हो ।
यसअघि पनि लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको थियो ।
अवरुद्ध सडक अहिले सञ्चालनमा आइसकेकोे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए ।
.jpg)


