आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 224
    SHARES
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    भदौ १८ कैलाली । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका २ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका ३ चौराहबाट पक्राउ गरेको हो । 

    उनको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ । उनी उपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    images