आइतबार, कार्तिक १६ गते २०८३
images
images

सल्यानमा बस दुर्घटना : १५ जना घाइते 

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 187
    SHARES
  • सल्यानमा बस दुर्घटना : १५ जना घाइते 

    भदौ १८ सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा१ख १७९२ नम्बरको बस कपुरकोट गाउँपालिका –३ मुलपानी नजिकै शुक्रवार दिउँसो दुर्घटना भएको हो । 

    images

    दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका – ५ की २३ वर्षीया रेखा शाहु, सोही ठाउँकी ३१ वर्षीया सिता बुढाथोकी, दार्मा गाउँपालिका –६ को २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका –१५ क ४९ वर्षीय तारा  प्रसाद नाथ, शारदा नगरपालिका – १ का ४० वर्षीय कृष्ण गौतम रहेको इलाका प्रहरी कार्यालय लुहामका श्याम प्रकाश यादवले जानकारी दिए । 

    यस्तै कुमाख गाउँपालिका बस्ने ७३ वर्षीय हिरे राना, कपुरकोट गाउँपालिका –५ रिम बस्ने ४५ वर्षीय धन बहादुर रोका, सोही ठाउँ बस्ने २१ वर्षीया याम कुमारी बोहरा, तिला महतारा, बागचौर नगरपालिका –२ का ४५ वर्षीय लाल बहादुर डाँगी, दाङ दङ्गीसरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसिकोट नगरपालिका –४ का ७५ वर्षीय मोहन सिंह पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका – २ का २१ वर्षीय जोक बहादुर खड्का र सोही ठाउँ बस्ने २२ वर्षीय किरण ओली रहेको यादवले जानकारी दिएका छन् । 

    images

    घाइते सबैलाई दाङ तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकको माथिल्लो भागमा भित्तामा पल्टिएको प्रहरीको भनाई छ । चालक सल्यान छत्रेश्वरी गाउँपालिका –३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिंह वि.क फरार रहेको प्रहरीले जनाएको छ ।