भदौ १८ पर्वत । अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका ४ जिल्लाको सम्पर्क विच्छेद भएको छ । शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो ।
बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा दुईजनाको पहिरोले मृत्यु भएको छ । ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सोही ठाउँमा गोठ पुरिएर एक महिलाको मृत्यु भएको छ । यस्तै, कुश्मा नगरपालिका–८ पकुवामा दुईको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
.jpg)

