आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाली आकाशमा भारतको अनधिकृत उडान सेनाकै ब्यारेकमाथि उडाउँदा विरोध प्रदर्शन

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 227
    SHARES
  • नेपाली आकाशमा भारतको अनधिकृत उडान सेनाकै ब्यारेकमाथि उडाउँदा विरोध प्रदर्शन

    भदौ १८ काठमाडौं । दार्चुलास्थित महाकालीवारि नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत उडान गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्ता पक्ष नेकपा (एस) निकटका विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको हो ।

    images

    महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो ।

    गत साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

    images