आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 419
    SHARES
  • सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

    नेपालगञ्ज, १८ भदौ। बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।  श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने चार किलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

    images

    ‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरु श्री एयरलायन्सबाट काठमाण्डौबाट आएका हुन् । हामीले बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौ’– उनले भने ।

    नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सहित पुगेर घटनाको अनुसंन्धान सुरु गरेको प्रहरी जनाएको छ । प्रहरीले सुनसहित प्रहरी नियन्त्रणमा परेका व्यावसायीको परिचय खुलाएको छैन । 

    images