बुधबार, भाद्र २४ गते २०८३
images

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 234
    SHARES
  • चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

    images

    पुस ९ गते कम्पनीको १३औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ । 

    चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ ।

    images

    कम्पनीको अध्यक्षमा डा. हरिराम पराजुली छन् । 

  • सम्बन्धित विषय:

  • # IPO