आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर मौसम बदली , प्रदेश १ र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 217
    SHARES
  • देशभर मौसम बदली , प्रदेश १ र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

    काठमाडौं, १९ भदौ। मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

    images

    महाशाखाका अनुसार दिउँसो  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ ।

    राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

    images