आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक भेटघाट बन्द

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 296
    SHARES
  • एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक भेटघाट बन्द

    काठमाडौं, १९ भदौ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

    images

    पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

    ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

    images

    नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा(एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।