आइतबार, कार्तिक १६ गते २०८३
images
images

नबिल बैंकको ३ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एक्सप्रेस पाना
मंसिर २७, २०७९ मंगलबार
  • 387
    SHARES
  • नबिल बैंकको ३ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकको संस्थापक शेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो ।

    images

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

    सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # बैंक