आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेलम्चीमा सामुदायिक मेलमिलाप सम्बन्धी तीन दिने पुनर्ताजगि तालिम सम्पन्न

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 729
    SHARES
  • मेलम्चीमा सामुदायिक मेलमिलाप सम्बन्धी तीन दिने पुनर्ताजगि तालिम सम्पन्न

    मेलम्ची । गत मंगलबार बाट मेलम्चीमा सुरु भएको सामुदायिक मेलमिलाप सम्बन्धी तीन दिने पुनर्ताजगि तालिम आज सम्पन्न बिहिबार भएको छ । सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको आज समापन गरिएको नगरपालिकाकि कर्मचारी अस्मीता ढकाल अर्यालले जानकारी दिनुभयो । सृचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको तालिमको शोभा वस्नेत र ठाकुर चौलागाँइले सहजिकरण गर्नुभएको थियो । 

    images

    No description available.

    समापन कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले यस्ता कार्यक्रमबाट मेलमिलापकर्ताहरु सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले गाउँ घरको सामान्य विवाद नगरपालिका सम्म आउन कम भएको उल्लेख गर्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा प्रशासकिय अधिकृत झपेन्द्रराज खरेलले तालिमले शान्त समाज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरुले आगामि दिनमा कार्यसम्पादनमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो । 

    images

    May be an image of 1 person

    सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीका अध्यक्ष शिव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवि बालकृष्ण देउजाले समाजमा हुने सामान्य विवादहरु समाजमै मिल्न राम्रो हुने बताउनुभयो । उहाँले जितजितको अवस्थामा विवाद समाधान हुने भएकाले मेलमिलाप कार्यक्रम प्रभावकारी समेत हुँदै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागि मेलमिलाप कर्ताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

     

    melamchi.jpg

    May be an image of 3 people and people standing

    May be an image of 3 people, people sitting and people standing

  • सम्बन्धित विषय:

  • # मेलम्ची