बुधबार, भाद्र २४ गते २०८३
images

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 301
    SHARES
  • एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

    एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । 

    images

    सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटका लागि सहकार्य गरेको हो ।

    images

    बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाइटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

    एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

  • सम्बन्धित विषय:

  • # बैंक