शनिबार, भाद्र २७ गते २०८३
images

अमिता र परिणीति चोपडाको  ‘उचाही’ को छायाँकन काठमाडौंमा हुने  

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 318
    SHARES
  • अमिता र परिणीति चोपडाको  ‘उचाही’ को छायाँकन काठमाडौंमा हुने  

    भदौ २० काठमाडौ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा हुने भएको छ । फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ । राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडौं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । फिल्मको अहिले प्रि प्रोडक्सन कार्य भइरहेको छ । फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ ।

    images

    सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति हालै भित्रिएकी हुन् । फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् । परिणीति र नीनाको भूमिका के भन्ने अहिले खुलाइएको छैन । फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् ।